सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला

बुधबार, असार २९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं  । सिटिजन्स बैंकले आजदेखि दुई लाख ६५ हजार नौ सय ९९ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि खुला गरेको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम १५२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबैका लागि आवेदन दिन सक्नेछन् । यसमा ११ साउनसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ । लिलामी सेयरको आवेदन १२ साउन दिउँसो २ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।
 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार