चालु आवको अन्तिम शेयर कारोबार, 'नेप्से परिसूचक उकालो यात्रामा'

शुक्रबार, असार ३१, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ ।  धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७ . ९३ अङ्कले उकालो लागेर दुई हजार ९।४६ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २ .७७ अङ्कले उकालो लागेर ३८५।९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मूल्यमा कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने आठ उपसमूहको ओरालो लाग्यो । बैंकिङ १८ .५४, विकास बैंक ५.२४, लघुवित्त ६८,६४, जीवन बीमा ३८ . ०७ र सामूहिक लगानी कोष ० .२२ अङ्कले उकालो लाग्यो । 

त्यस्तै व्यापार १२।१६, होटल तथा पर्यटन २० .७७, जलविद्युत् १७।४, वित्त ७ .१५, निर्जीवन बीमा ३।३८, उत्पादन १४।८९, अन्य २५।०५ र लगानी ०।६२ अङ्कले ओरालो लागेको छ । चालु आवको अन्तिम शेयर कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख ६६ हजार ९६२ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड ७२ लाख ५४ हजार ८६४ बराबरको कारोबार भयो । 

यस्तै एभरेष्ट बैंक रु छ करोड ९४ लाख ७१ हजार ५२८, किसान लघुवित्त रु पाँच करोड ५८ लाख २७ हजार, हिमालयन डिस्टिलरी रु चार करोड ४८ लाख १६ लाख ४०० र अरुण काबेली पावर रु चार करोड ३३ लाख २४ हजार ७५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार नेपाल इन्भेस्ट बैंकको ऋणपत्र र माछापुच्छै  बैंकको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै सानिमा बैंकको ऋणपत्र ९  .९८, नबिल ब्यालेन्स फन्ड तेस्रो ९ .९१ र एनआइसी बैंकको ऋणपत्रका लगानीकर्ताले ९।८८ प्रतिशतले कमाएका छन् । त्यस्तै ग्रिन लाइफ हाइड्रोपावर ५ .३१, माउन्टेन हाइड्रो नेपाल ४।७६, रिभर फल्स पावर ४।७२, बोटलर्स नेपाल तराई ३ .९२ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ३ . ६४ प्रतिशतले गुमाए ।  रासस  


 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार