भाजपा मुख्यालयमा प्रचण्ड

आइतबार, साउन १, २०७९

काठमाडौं  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी ‍(भाजपा) को मुख्यालय पुगेका छन् ।

293445611_2883424075299815_945631699465702791_n1658043225.jpg

गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।

293502232_5120477514717443_5883233775024168838_n1658043244.jpg

सो अवसरमा भारतीय विदेशीमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासमेत सहभागी छन् । भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्ड तीन दिने भारत भ्रमणमा गएका हुन् ।

293357766_338986824981770_306957762722185935_n1658043282.jpg

प्रचण्डसँग शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोहीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका थिए । प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच सम्भवतः आजै भेटवार्ता हुने बताइए पनि भेट्ने नभेट्ने निश्चित छैन । प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ ।

293644855_588643205982855_3571666724140078340_n1658043307.jpg

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार