भारतमा बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

सोमबार, साउन २, २०७९

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।
हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४३ हजार चार सय ४९ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो एक दिनमा १७ हजार चार सय ४७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ८१ हजार चार सय ४१ पुगेको छ ।
बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार सात सय नौ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड ९८ लाख ८९ हजार ९७ मात्रा खोप लगाइएको छ ।

इटालीमा थप ९० हजारमा कोभिड–१९ सङ्क्रमण

 इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जनवरी २०२० देखि इटालीमा आधिकारिकरूपमा कोभिड–१९ पुष्टि भएकाहरूको कूल सङ्ख्या दुई करोड आठ लाख पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार दुई करोडभन्दा बढी कोभिड सङ्क्रमित भएको आधिकारिक पुष्टि हुने मुलुकको सूचीमा इटाली सातौँ स्थानमा रहेको छ ।
अहिलेसम्म संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी (नौं करोड) व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित बनेका छन् भने भारत, ब्राजिल, फ्रान्स, जर्मनी र बेलायत बढी सङ्क्रमित मुलुकहरूमध्ये अग्रस्थानमा रहेका छन् ।  
विश्वका सबै मुलुकले पुष्टि गरेको सङ्ख्याको तुलनामा वास्तविक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
घरमा गरिने परीक्षणहरू वा निदान सरकारद्वारा सार्वजनिक सूचीमा नपर्ने भएकोले उक्त सङ्ख्या कुनै पनि देशले सावैजनिक गरेको सूचीभन्दा अत्यधिक धेरै रहेको अनुमान गरिएको सङ्गठनले जनाएको छ ।
हालैका हप्ताहरूमा इटालीमा कोभिड–१९ को सङ्ख्या फेरि बढिरहेको छ र दैनिक सङ्क्रमित सङ्ख्या एक लाखभन्दा बढी हुनसक्ने देखिएको छ । तर इटालीमा कोभिडका कारण हुने मृत्यु दर र सघन उपचार केन्द्रमा बिरामीहरूको सङ्ख्या यस महामारीको पहिलेको भन्दा धेरै कम छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार