चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनी

सोमबार, साउन २, २०७९

बेइजिङ । देशमा प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले त्यस्तो चेतावनी जारी गरेको हो ।   
आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ । शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ ।
केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा सङ्लग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारलाई आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न सुझाव दिएको छ ।
चीनले मौसम चेतावनी प्रणालीमा चारकिसिमका रङ्गको प्रयोग गर्दै आएको छ । मौसमसम्बन्धी गम्भीर चेतावनी दिन उसले रातो, सुन्तले, पहेँलो र नीलो रङलाई प्रतीकात्मकरूपमा प्रयोग गर्दै आएको छ । आज जारी गरेको चेतावनी केही कम गम्भीर प्रकृतिको हो ।
 

चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा आएको आँधीका कारण आइतबार बिहान ७ बजेसम्म ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
शुक्रबारदेखि बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बेइचुआन छियाङ स्वायत्त काउन्टीमा ११० मिलिमिटरसम्म वर्षा भएको र करिब २२,३०० मानिसहरूलाई असर गरेको बताइएको छ ।  
बाढीका कारण बैशी टाउनसिपमा ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।
त्यसैगरी अधिकारीहरूले हराएकाहरूको खोजी गर्न, सडक र सञ्चार सुविधाहरू मर्मत गर्न र अन्य उद्धार कार्यहरू सञ्चालन गर्न ४०० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलतर्फ पठाएका छन् ।
बैशी टाउनसिपका ४८० जनासहित १३ सयभन्दा बढीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ ।–रासस/सिन्ह्वा

 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार