माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह 

सोमबार, साउन २, २०७९
मयुर प्लाई
Global Ime Bank

भक्तपुर, ।माटो बचाऔं अभियानले माटो जोगाउन आह्वान गरेकाे छ । भक्तपुरकाे एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा आइतबार सार्वजनिक कार्यक्रममा अभियन्ताहरूले माटो भगवान भएको र यसलाई जोगाउनु आवश्यक भएको बताए ।माटो वचाऔं अभियानमा देश दौदाहामा हिँडेका अभियन्ताहरू आइतबार भक्तपुर पुगेका थिए । कार्यक्रममा स्कुलका एक हजारभन्दा बढी विद्यार्थीका साथै शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति थियो । 

अभियन्ता यमबहादुर चोचांगी पुनले माटो बचाउन आह्वान गरे । उनले माटो बचाउन ढिला भइसकेकले आजैबाट सुरु गर्न अनुरोध गरे । पुनले माटोलाई जोगाउनुपर्ने आवश्यकताबारे औंल्याए । हरेक सेकेण्ड करिब आठ रोपनी अर्थात् ३२ कठा खेतीजन्य माटो मरुभूमिमा परिणत भएको भन्दै यो चिन्ताको विषय भएको उनले सुनाए ।

संयुक्त राष्टसंघको मरुभूमीकरण र खडेरीविरुद्ध संघर्ष अधिवेशन संस्था (यूएनसीसीडी) काे प्रतिवेदन उद्धृत गर्दै उनले हरेक सेकेण्ड यति धेरै माटो नष्ट हुनु गम्भीर विषय भएको बताए ।पुनले काठमाडौंबाट ३५ दिन अगाडिबाट माटो जोगाऔं अभियानका साथ पैदल यात्रा सुरु गरेको जानकारी दिए । उनको यात्रा पूर्वी जिल्लाहरू सकेर शनिबार भक्तपुर पुगेको र आइतबार कार्यक्रम गरेको जनाए ।

कार्यक्रममा एभरेष्ट इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले माटो जोगाऔं अभियानसँंगै माटो कसरी जोगाउने भन्ने ज्ञान पनि दिनु आवश्यक भएको सुझाए । उनले आफूलाई जानकारी भए अनुसार रुख रोपेर, रासायनिक मलको प्रयोग गरी कम्पोष्ट मलको प्रयोग गरेर आदि इत्यादि गरेर माटो जोगाउने सकिने जनाए ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार