सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । डिभिजन सडक कार्यालयले चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएर काम थालेका छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको छ । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा गरिएको थियो । काठमाडौँबाट अ? जिल्ला जोडिने सडक निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएका छन् । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको छ । अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षत्रेमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ । कार्यालयका प्रमुख कुबेर नेपालीले भने, ‘यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ ।’ चालू आवमा बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने छ । यो सडकमा अहिले नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गरिरहेको छ । उनले भने, ‘प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रिया अघि बढाइनेछ ।’ मुख्य सडकमा पनि गत आवमा बाँकी ठाउँमा ‘ओभर ले’ गरिने प्रमुख नेपालीले बताए । अहिले निर्माणको काम भइरहेको सडकमा दोहोरोपना नआयोस् भनेर अ? निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ । सडक बनाएपछि खन्न नपरोस् भनेर अ? निकायसँगको समन्वयमा काम अघि बढाइएको हो । उनले भने, ‘चक्रपथ बाहिर काम कम देखिने भए पनि बाहिरी क्षेत्रमा काम भइरहेको छ ।’