एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति 

बुधबार, साउन ४, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ । सेबोनले साउन २ गते एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो । बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ । 

यो ऋणपत्र ६ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन् । बैंकले ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ । 

यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन् । यी दुवै ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार