छानविन समितिमा निवर्तमान मन्त्री जनार्दन शर्माले दिए बयान

भन्छन्, 'बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन'
बिहीबार, साउन ५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि पदबाट राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरी मानिसको कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै उनले संसदमा बजेट पेश गर्नुअघि अर्थ मन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।
आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
समितिले यो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा आज निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो । शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए । स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार