थप ४३५ जनामा सङ्क्रमण पुष्टि

बिहीबार, साउन ५, २०७९

काठमाडौँ, ।  पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ रहेका छन् । विगत २४ घण्टामा ५६ जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । आठ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेशनमा दुई हजार ३९६, संस्थागत आइसोलेशनमा १४१ र सघन उपचार कक्ष आइसियुमा  १९ जना उपचार भइरहेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार