सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्ता समीकरणका लागि कसरत गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक सोमबारका लागि डाकेको छ । केन्द्रीय समिति बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । आइतबार पार्टी पदाधिकारीको बैठकमा पनि पार्टी महाधिवेशन तथा सत्ता समीकरणका विषयमा छलफल भएको थियो । यसैबीच पार्टी पदाधिकारीको बैठकले कांग्रेसको क्रियाशील सदस्यता विवरण बुझाउने म्याद थप गर्ने विषयमा पनि छलफल गरेको छ । क्रियाशील सदस्यता विवरण केन्द्रमा बुझाउने समयावधिमा सबै काम सम्पन्न नभएकाले पुनः थप्ने तयारी भएको हो । यसअघि पनि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि थपिएको थियो । कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ । आइतबार साँझसम्म नयाँ र नवीरकण गरी करिब साढे पाँच लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । यसमा विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण समावेश छैन । त्यस्तै पाँच जिल्लाको क्रियाशील सदस्यता सम्पूर्ण विवरण अपलोड हुन बाँकी छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद कम्तीमा १० दिन थप्नुपर्ने सम्बन्धमा छलफल भएको थियो । कांग्रेसको १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा१४औँ महाधिवेशनसम्म शतप्रतिशत थपेर दोब्बर पु¥याउने लक्ष्य कांग्रेसले लिएको छ । कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टी वेभसाइटमा अपलोड गर्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँ छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क ३०० रुपैयाँ तोकिएको छ । कांग्रेसले पार्टीको गाउँ÷नगर वडा अधिवेशन विसं २०७८ असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन आगामी असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।