सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हिजो २० हजार नाघेको समाचार बाहिर आएको थियो भने आज १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४८ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख २८ हजार पाँच भन्दा बढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ७४ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।
मलेसियामा एक दिनमा दुई हजार सात सय २० सङ्क्रमित आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार छ सय ५१ पुगेको छ भने ३५ हजार नौ सय १४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयले चार हजार १२ जना कोरोना मुक्त भएका छन् । यसैसँगै निको हुनेको कुल संख्या ४५ लाख ६७ हजार ४८५ पुगेको छ । त्यहाँ ४८ हजार २५२ सक्रिय सङ्क्रमित रहेका थिए । जसमा ५४ जनालाई सघन उपचार केन्द्रमा राखिएका छन् । ३२ लाई सास फेर्न मद्दतको आवश्यकता परेको छ । देशमा आइतबार १२ हजार पाँच सय ८० खोपको डोज दिइएको र ८५.९ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज, ८४ प्रतिशतले पूर्ण खोप, ४९.५ प्रतिशतले पहिलो बुस्टर र ०.९ प्रतिशतले दोस्रो बुस्टर पाएका छन् ।–रासस/सिन्ह्वा