तीन अर्ब लगानीमा विराटनगरमा होटेल बन्दै

मंगलबार, साउन १०, २०७९
मयुर प्लाई

काठमाडौँ । सेञ्चुरी ग्रुप र होटेल र्‍याडिसनबीच विराटनगरमा  र्‍याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ । सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्‍याडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्‍याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताउनुभयो । रु तीन अर्ब लगानीमा बन्ने १४६ कोठाको सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत हुनेछ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार