सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ । देशभर एक लाख ४५ हजार २६ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा २० हजार सात ४२ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ६७ हजार पाँच ७१ हजार पाँच पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार एक सय ६७ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।
मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु
मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार सात सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार सात सय १० पुगेको छ भने ३५ हजार नौ सय ३२ जनाले ज्यान गुमाएका छन् । यसैबीच, न्युजिल्याण्डमा आज आठ हजार सात सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै त्यहाँ १५ लाख ७७ हजार चार सय १४ जनामा कोभिडबाट प्रभावित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २०२० मा कोभिड–१९ महामारी शुरु भएयता एक हजार चार सय २७ जनाको मृत्यु भइसकेको छ ।– रासस/सिन्ह्वा