पाँच राजदूतलाई राष्ट्रपतिले खुवाइन शपथ

बुधबार, साउन ११, २०७९

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ लिनेमा डा. दुर्गाबहादुर सुवेदी (जापान) , दानबहादुर तामाङ   (गणतन्त्र दक्षिण अफ्रिका), डा शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधार (रुसी महासङ्घ) र प्रा. डा राम स्वार्थ राय (डेनमार्क) रहेका छन् ।  सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार