नेप्से परिसूचक १५ अंकले बढ्यो

झन्डै पाँच अर्बको कारोबार 
बिहीबार, साउन १२, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ। मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा चार अर्ब ९७ करोडमाथिको कारोबार भएको छ । करिब पाँच अर्बमाथिको कारोबार भएको सेयर बजारमा आज सर्वाधिक अरुण काबेली पावरको सेयर खरिद-बिक्री भएको छ । कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोसीको १४ करोड १७ लाख, अपी पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ ला रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार