सीवाइसी लघुवित्तको नाफा ५५.०८ प्रतिशतले बढ्यो 

शुक्रबार, साउन १३, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तथ्यांक हो । त्यसअघिल्लो वर्ष यही अवधिमा सीवाइसीले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा   यो अवधिमा ५५.०८ प्रतिशतले नाफा बढाएको हो ।  यसअवधिमा कम्पनीको सञ्चालन नाफा ६२.११ प्रतिशत र खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेको छ । 
 
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ । यसको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशतमा झरेको छ । सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख  ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार