राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

शुक्रबार, साउन १३, २०७९

काठमाडौं,   । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।  भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार