प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु

शुक्रबार, साउन १३, २०७९

पोखरा । प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वद्र्धनका साथै हरित, उत्थानशिल तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्ने गरी सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

सम्मेलनमा देशका ६ ठूला स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता छ । सम्मेलनमा पोखरा लगायत काडमाडौं, ललितपुर, भरतपुर, विरगंज र विराटनगर महानगरपालिकाको प्रतिनिधित्व छ । सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एंव क्षेत्रीय योजनाकार डा.जगदिशचन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शिर्षकमा मुख्य प्रस्तुती राखे ।

293977248_2644911308978873_4817429672249086059_n1659109433.jpg

सम्मेलनमा महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीहरु बारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । सम्मेलनमा उपप्रमुखहरुले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरु सम्बन्धमा अनुभव तथा सिकाई आदानप्रदान गर्नुहुनेछ । यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरु बारे आफ्नो अनुभव राख्नेछन् ।

सम्मेलनको पहिलो दिन नै महानगरपालिकाका साझा सवालहरुबारे संश्लेषणको कार्यक्रम पनि छ । सम्मेलनको दोस्रो दिन शनिबार भने पूर्वाधार विज्ञ डा.सुर्यराज आचार्यद्धारा महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्धारा महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ । सम्मेलन पोखरा घोषणा पत्र जारीसंगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई मेट्रो मिट नेपाल अंकित झण्डा हस्तान्तरण गरी समापन हुनेछ । आगामी मेयर सम्मेलन ललितपुरमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार