शनिबार थपिए ४३८ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

शनिबार, साउन १४, २०७९

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण दर बढेसँगै नेपालमा पनि यसको दर बढ्ने गरेको छ । सार्वजनिक भएका तथ्याङक आँकलन गर्दा नेपालमा केही दिनयता कोरोना संक्रमणको दर विस्तारै बढ्दै गएको पाइएको छ । यसलाई स्वास्थ्यकर्मीहरुले कोरोनाको  चौथो लहरको संकेतमा रुपमा विश्लेषण गरेका गरेका छन् । शनिबार ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

corona-virus1659177825.jpg

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार