सोसल मिडिया
Contact Us
युनिकोड
म्याड्रिड । स्पेन सरकारले अनुमति बिना आफ्नो तस्बिर प्रयोग गरेर कृत्रिम खुट्टा सम्पादन गरेपछि एक बेलायती मोडल क्रुद्ध बनेकी छिन् । तस्बीरलाई स्पेनको समानता मन्त्रालयले सुरु गरेको शारीरिक सकारात्मकता अभियानको हिस्साको रूपमा प्रयोग गरिएको थियो ।
तर, ३२ वर्षीया सियान ग्रीन–लर्डले आफूले अभियानबारे साथीहरूले सन्देश पठाएपछि मात्र थाहा पाएको बताइन् ।आफ्नो तस्बिर अनुमतिबिना अभियानमा प्रयोग भएको भन्दै आपत्ति जनाउने उनी दोस्रो महिला हुन् ।
यसअघि शुक्रबार लन्डनकी न्योम निकोलस–विलियम्सले आफ्नो इन्स्टाग्राम पृष्ठको तस्बिर स्पेनिस इन्स्टिच्युट फर वुमनले जारी गरेको पोस्टरमा प्रयोग गरिएको बताएकी थिइन् ।
‘गर्मी हाम्रो पनि हो’ भन्ने नाराको मुनिको समुद्री तटमा स्तनको शल्यक्रिया गरिएकी एक जनासहित पाँचजना महिलाको दृष्टान्त अभियानमा प्रस्तुत गरिएको छ । ग्रीन–लर्ड तस्बिरको तल बायाँ देखिन्छिन् ।
आफ्नो कृत्रिम खुट्टा हटाउनका लागि फोटा सम्पादन गरिएको देखेपछि आफू रिसले आगो भएको उनले बताएकी छिन् । आफ्नो स्वीमस्वीट पनि परिवर्तन गरिएको उनको गुनासो छ ।
सन् २०१३ मा न्यूयोर्कमा छुट्टी मनाउने क्रममा ट्याक्सीले ठक्कर दिएपछि उनका खुट्टा काटिएको थियो । दुर्घटनाको समयमा उनी म्यानहटनमा एक साथीसँग हिँडिरहेकी थिइन् ।
यसैबीच, अनुमति बिना तस्बिर प्रयोग गरेकोमा अभियानका निर्माताले माफी मागेका छन् ।–एजेन्सी