प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

सोमबार, साउन १६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं ।  प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ । 
 
अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । १००५ को स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार