सन्तानेश्वर वन क्षेत्रमा श्रीखण्ड रोपण

सोमबार, साउन १६, २०७९
मयुर प्लाई
Global Ime Bank

ललितपुर,  . गोदावरी नगरपालिका–१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ । शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा श्रीखण्ड पनि रहेकाले सो वृक्षरोपण गरी प्राकृतिक संरक्षणमा समेत जोड दिइएको हो ।  बिहान नगरपालिकाका जनप्रतिनिधिका साथै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थितीमा ५४ श्रीखण्डका वृक्ष रोपिएको सन्तानेश्वर मन्दिर संरक्षण तथा संवद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताP  । उgले भन] , “यस मन्दिर हाताभित्रको १५० रोपनी जमिनमा हरेक वर्ष तेस्रो साउनको सोमबार फलफूल एवं औषधिजन्य बिरुवा वृक्षरोपण गर्ने चलन रहँदा त्यस कामलाई पूर्णता दिएका छf}F ।” 

आफूहरुले सो अघि ३५ जातका रुद्राक्ष, पारिजात, अमलाका साथै विभिन्न फूलका बिरुवा रोपेर मन्दिरको वातावरण स्वच्छ तथा हराभरा बनाइरहेको खड्काले  atfP  । श्रीस्वस्थानी वर्तकथामा आधारित धार्मिक मान्यता बोकेको सो शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो पनि लागिरहेको मन्दिरका पुजारी गङ्गाराम गौतमले बताP  । विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेका साथै भएकाले रक्षाका लागि सतीदेवीको उपल्लो आ}Fठ पतन भएर उत्पत्ति भएको सो महादेवको मूर्ति प्राकृतिक रहेकाले ज्योतिर्लिङ्ग शिवका रुपमा समेत पुज्ने गरिएको गौतमको भनाइ छ ।   
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार