नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि  

सोमबार, साउन १६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ,  ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से  परिसूचक १. १५ अङ्कले उकालो लागेर दुई हजार १९६ . २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १. ९४ अङ्कले उकालो लागेर ४२ . १४ मा पुगेको छ । 

    नेप्सेमा झिनो अङ्कको बृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ । कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ । उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर मूल्यमा भने गिरावट देखियो । बैंकिङ ५ . ७, व्यापार ७६. २२, जलविद्युत् १८।३७, उत्पादन १०९।१८ र लगानी ०।५३ अङ्कले उकालो लाग्यो । यस्तै, होटल ६०।८७, विकास बैंक ५९।४२, वित्त १. ९९, निर्जीवन बीमा १९।७७, अन्य १०।८५, लघुवित्त ५८. ६८, जीवन बीमा १९ . ५२ र सामूहिक लगानी कोष ० . ०६ अङ्कले उकालो लाग्यो ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३८ करोड ३१ लाख ११ हजार बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड २७ लाख ७३ हजार ५३४, एचआइडिसिएल रु १३ करोड ७६ लाख ७० जार ७०४, अपि पावर कम्पनी रु १२ करोड ९१ लाख ८९ हजार ५६४ र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ८९ लाख ८६ हजार ६१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार बुटवल पावर कम्पनी ६. ९५, सिटिजन म्युचुअल फन्ड दोस्रो ६ .४५, गुडबिल फाइनान्स ६. २३, दोर्दी खोला जलविद्युत् कम्पनी ५. ५७ र एचआइडिसिएलका लगानीकर्ताले ५. ०७ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त ५।२१, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४।७१, सूर्योदय बोमी लघुवित्त ४।०९, कृषि विकास बैंकको ऋणपत्र ३.९६ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३ .७८ प्रतिशतले गुमाए ।  रासस  
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार