परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै   

शुक्रबार, साउन २०, २०७९

काठमाडौँ  ।   परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ गते अगस्ट ९ देखि ११  सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने  भएका छन्  ।    उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेको  मन्त्रालयले आज जनाएको हो ।  दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्ने छन् ।     मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कने  मन्त्रालयले जनाएको छ ।    
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार