पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

शुक्रबार, साउन २०, २०७९
मयुर प्लाई
Global Ime Bank

पोखरा  ।  पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । महानगरले ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारिकरण गर्न फलफूल र तरकारी कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको हो । एम्बुलेन्स सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरे । ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको तरकारी मुख्यबजार क्षेत्रका उपभोक्तालाई ताजै पु¥याउन कृषि एम्बुलेन्स सञ्चालन गरिएको नगर प्रमुख आचार्यले बताए । उनका अनुसार कृषि एम्बुलेन्स मार्फत कृषकहरूलाई आवश्यक पर्ने बीउ समेत वितरण समेत गरिनेछ । कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उत्पादनमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषिउपज ढुवानी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य हुने महानगर कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताए । उक्त एम्बुलेन्सको क्षमता तीन टन तरकारी ढुवानी गर्न सक्नेछ रहेको महानगरले जनाएको छ।  

Enter

 

6:59 AM

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार