प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढ्यो

मंगलबार, साउन २४, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढेको छ । यससँगै सूचक २१०९.७९ विन्दुमा आएको छ ।

मंगलबार मध्याह्न १२ बजेसम्म १२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३७ सय ८२ कित्ता सेयर खरिदबिक्री भएका छन् । 

यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । कुल १० कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार