विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

मंगलबार, साउन २४, २०७९

नयाँ दिल्ली । विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको  गठबन्धन तोडेका छन् । नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए । 
सत्ता गठबन्धनमा फेरबदल आउन सक्ने भन्दै बिहारका सबै दलहरुले सांसदहरुलाई पटना बोलाएका छन् । सत्ता पक्ष जेडीयू तथा विपक्षी दलका सबै सांसदलाई पटना बोलाइएको हो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार