कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा

उत्तर कोरियाली नेता किमललाई भएको थियो कोभिड–१९
बिहीबार, साउन २६, २०७९

प्योङयाङ ।  उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि  विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरे । 
महामारीको सुरुवातदेखि नै कडा कोरोनाभाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो ।

उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका विरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । जुलाई २९ देखि प्योङयाङले भाइरसका कुनै पनि केस रिपोर्ट गरेको छैन् ।

उत्तर कोरियाली नेता किमललाई भएको थियो कोभिड–१९

उत्तर कोरियाका किम जोङ–अन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छिन् । उनको खुलासासँगै किमलाई कोभिड भएको पुष्टि भएको छ । 

उत्तर कोरियामा महामारी फैलनुमा जोङले दक्षिण कोरियालाई दोष दिएकी छिन् । दक्षिण कोरियाले सीमामा कोभिड संक्रमित पर्चाहरु पठाइदिएको उनले आरोप लगाइन् । तर, दक्षिण कोरियाले उक्त दाबीलाई निराधार बताएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले देशले कोभिडमाथि विजयी घोषणा गरिरहेका बेला उनकी बहिनी जोङले आफ्ना दाजुलाई पनि ज्वरो आएको बताएकी हुन् । 
उत्तर कोरियाले महामारीको सुरुवाती दिनमा ज्वरोको महामारी फैलिएको बताएको थियो । प्रारम्भिक दिनमा उसले कुनै परीक्षण पनि गरेको थिएन् ।

उत्तर कोरियामा सुरुमा मे महिनामा महामारी फैलिएको थियो । त्यसलगत्तै संक्रमण र मृत्युका घटना बढेका थिए । तर, उत्तर कोरियाले कोभिडबाट सार्वजनिक गरेको मृत्यु र संक्रमणको तथ्यांकबारे चौतर्फी आशंका छ ।–एजेन्सी 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार