सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।
अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको छ । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ ।
संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
थप आठ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, पाँचको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा चार सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार दुई सय ९५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८२ पुगेको छ । होमआइसोलेशनमा पाँच हजार छ सय ७७, संस्थागत आइसोलेशन एक सय ९२, आइसीयूमा ६० र भेन्टिलेटरमा आठ जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार नौ सय २२, ललितपुर आठ सय ६८ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मकवानपुरमा कोरोना सङ्क्रमणले एकको मृत्यु मकवानपुरमा कोरोना सङ्क्रमणका कारणले थप एक ६० वर्षीय व्यक्तिको आज मृत्यु भएको बागमती प्रदेश प्रहरीको कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–१ का ६० वर्षीय पुरुष रहेको बताइएको छ । उनको भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई गत साउन १६ गते हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणको जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो कर्णाली प्रदेश सरकार
कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान समुदायस्तरसम्म पु¥याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीका अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को पछिल्लो अवस्था, रोकथामका लागि अपनाइएका प्रयास र चुनौतीका बारेमा समीक्षा ग¥यो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको संयुक्त प्रयासबाट सङ्क्रमण रोकथाममा सफलता मिल्ने हुँदा आपसी समन्वय र सहकार्यका माध्यमबाट प्रतिकार्यमा जुट्नुपर्ने बताए । चाडपर्व नजिकिँदै गरेकाले लापरबाही नगरी सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने÷गराउनेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । बैठकले सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइका साथै बिरामीलाई उपचारका लागि पायक पर्ने स्वास्थ्य संस्था पठाउने सहज व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै स्थानीय तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई सक्रिय बनाउन, सबै तहका अस्पतालमा औषधि, उपकरण र सुरक्षा सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । हाल प्रदेशका विभिन्न प्रयोगशालाबाट सङ्कलन हुँदै आएका नमूना प्रदेश प्रयोगशाला वा आवश्यक परेमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासम्म ढुवानी गर्नका लागि प्रदेशस्तरीय संयन्त्र जरुरी भएकाले यससम्बन्धी मानक सञ्चालन प्रक्रियाको प्रारुप तयार पार्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहने एकमात्र उपाय खोप भएको तर हालसम्म खोपको ‘कभरेज’ अपेक्षित नभएको निर्देशक समितिको निष्कर्ष रहेको छ । बैठकले पूर्णखोप नलगाएका, पूर्णखोप नपाएका र थप मात्रा ९बुस्टर डोज० नलगाएकालाई तत्काल खोप सेवा दिने व्यवस्था मिलाउने निर्णय गरेको छ । कर्णाली प्रदेशमा हालसम्म १० लाख ७७ हजार पाँच सय ८२ जनाले कोभिडविरूद्धको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । प्रदेशका चार लाख १३ हजार चार सय ६६ जनाले मात्र बुस्टर डोज लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले स्थानीयस्तरसम्म खोप उपलब्ध रहे पनि मानिसहरू सम्पर्कमै आउन नचाहेको बताए । “सङ्क्रमणको वृद्धिदर हेर्दा यसलाई चौथो लहरभन्दा फरक पर्दैन”, उनले भने, “सङ्क्रमणको वृद्धिदर र नागरिकको लापरबाहीको अवस्था चिन्ताजनक छ, जनस्वास्थ्यका मापदण्ड पालनामा सबै सचेत हुनुपर्ने देखिन्छ ।”
मेडिकल उपकरण सन्तोषजनक, जनशक्ति अभाव
कर्णाली प्रदेशमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४३ पुगेको छ । ती सबै होमआइसोलेशनमा छन् । एक महिनाअघि शून्य रहेको सङ्क्रमण पछिल्लो समय भने दैनिक औसत पाँच जनामा देखिने गरेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हाल ७३ आइसोलेशन सेन्टर, एक हजार आठ सय दुई आइसोलेशन शय्या छन् । एक हजार आठ सय पाँच थान अक्सिजन सिलिण्डर, चार सय ९७ थान अक्सिजन कन्सन्ट्रेटर छन् । प्रदेशका विभिन्न अस्पतालमा रहेका १६ अक्सिजन प्लान्टमध्ये ११ वटा सञ्चालनमा छन् । पिसीआर ल्याब चारवटा भए पनि हाल एउटा मात्र सञ्चालनमा छ । जुम्ला, दैलेख र चौरजहारी अस्पतालमा रहेका ल्याब अहिले सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य निर्देशक डा खड्काले एन्टिजेन परीक्षण सबै जिल्ला, स्थानीय तह र समुदायस्तरसम्म उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड हब अस्पताल दुई, आइसीयू ६८, भेन्टिलेटर ३२ वटा छन् । प्रदेशका विभिन्न अस्पतालहरूको तथ्याङ्क हेर्दा एम्बुलेन्स, शवबाहन, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा सिलिन्डर, अक्सिजन कन्स्न्टे«टर, मेडिकल सुरक्षा सामग्री तथा उपकरणहरूको अवस्था सन्तोषजनक छ । आइसोलेसन शय्याहरू पर्याप्त छन् । तर स्वास्थ्य संस्थामा जनशक्ति भने अभाव छ । कर्णाली प्रदेशमा आठ सय ८८ स्वास्थ्यकर्मीको स्थायी दरबन्दी भए पनि पाँच सय ६७ रिक्त छ । ती स्थानमा सामाजिक विकास मन्त्रालय र मातहतका निकायले करार सेवामार्फत जनशक्ति परिचालन गरेका छन् । हाल स्थायी र करार सेवाका गरी स्वास्थ्य संस्थामा करिब आठ सय कर्मचारी कार्यरत छन् । कोभिड सुरु भएयता कर्णालीमा एक लाख ९७ हजार तीन सय ३८ जनामा परीक्षण गरिएकामा ३९ हजार नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन सय ९१ सङ्क्रमितको मृत्यु भएको थियो ।