लाय्कु भैलः नाच हेर्न उपराष्ट्रपति आज राति भक्तपुर आउँदै

शनिबार, साउन २८, २०७९
मयुर प्लाई
Global Ime Bank

भक्तपुर,  । लेउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैलः नाच अवलोकन गर्ने भएका छन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उनी नाच हेर्न आज राति भक्तपुर आउन लागेका छन् । मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि विविध साँस्कृतिक नाच हुने गरे पनि राष्ट्रियस्तरमा प्रचारप्रसार नभएकोले ओझेलमा छन् । यस्ता साँस्कृतिक महत्वका सम्पदाकाे प्रचार हाेस भनेर उपराष्ट्रपतिलाई निमन्त्रणा गरेको मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । यी नाचहरू अवलोकनका लागि पहिलो पटक विशिष्ट व्यक्तित्वको आगमन हुन लागेको नगरप्रमुख श्रेष्ठले बताए ।

आजदेखि चार दिनसम्म मध्यपुर थिमिमा लाय्कु भैलः, महाकाली नाच तथा निलबाराही गण नाचलगायतका ऐतिहासिक तथा साँस्कृतिक नाच सुरू हुँदैछ । लायकु भैलः, मध्यपुर थिमिको ऐतिहासिक लाय्कु (दरवार)बाट निस्कने भएकोले मल्लकालिन अवस्थामा यसको राजकीय सम्मान तथा सहभागिता रहको देखिन्छ । नेपाल संवत ६३३ मा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले भक्तपुरको नवदुर्गा नाच, बोडको निलबाराही नाचसँगै थिमिमा लाय्कु भैलः नाच सञ्चालन गरेको जनविश्वास छ । स्थानीय किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य तथा दानवहरूले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आरधना गरी देवीको आज्ञा बमोजिम यो नाच शुरू गरेको हाे । 

लाय्कु भैलः नाचमा ज्यापुंगः ( बेताल) –१ जना, भैलः(भैरव) –२ जना र दागिं (कुमारी) २ जना गरी पाँच जनाको नाच हुने गर्छ । लाय्कुमा वृहत् भोजको आयोजना गरी बेलुका ८ः३० बजेतिरबाट लाय्कु भैलः निकालिने छ । यही जात्रा अवलाकेनका लागि उपराष्ट्रपति राति ९ बजे आउने कार्यक्रम छ । 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार