सुनको मूल्य ४०० रुपैयाँ घट्यो 

सोमबार, साउन ३०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । आइतवार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेकोे छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार