काठमाडौं दरबार स्क्वायरको अध्यक्षमा शैलेन्द्रमान   वज्राचार्य 

सोमबार, साउन ३०, २०७९
मयुर प्लाई

काठमाडौँ।  काठमाडौं दरबार स्क्वायर पर्यटन प्रर्वद्धन संघको अध्यक्षमा शैलेन्द्रमान वज्राचार्य निर्वाचित भएका छन् ।
संघले सोमबार वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको घोषणा गरेको हो  । समितिको महासचिवमा पुरुषोत्तम डंगोल र कोषाध्यक्षमा सञ्जयमान श्रेष्ठ रहेका  छन्  ।  त्यस्तै सदस्यहरुमा दिनेश सुवाल, किरण श्रेष्ठ, चिरनरत्न शाक्य, डिल्लीरत्न तुलाधर, मसिन मुलेपति र अभिनवदास श्रेष्ठ  भएका छन् ।हनुमानढोका दरबार क्षेत्रको संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धनमा सघाउँदै  त्यसमार्फत् स्थानीयको आर्थिक स्तर उकास्ने उद्देश्यले संघ २०६२ सालमा स्थापना भएको हो । 
हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा घुम्न आउने पर्यटकहरुका लागि आवश्यक पूर्वाधार र वातावरण बनाउँदै स्थानीयलाई स्वरोजगार बन्ने स्थिति बनाउन होम स्टे, सुविधाजनक होटेल, रेष्टुरा खोल्न चाहनेहरुलाई तालिम तथा प्रशिक्षण दिने र उद्यमशीलता विकास गर्ने संघको मुख्य उद्देश्य रहेको अध्यक्ष बज्राचार्यले बताए । ‘यहाँ आउने पर्यटकले देखेका समस्याको समाधान, सुधार गर्नुपर्ने विषयको पहिचान तथा सम्बोधन गर्ने र स्थानीय नागरिकको सुझाव अनुसारका कार्य गर्नेछौं’ अध्यक्ष बज्राचार्यले भने ‘सम्पदा वरपरका बासिन्दाको जनजीवनमा यस संस्कृति र सम्पदाले पारेको प्रभाव, आर्थिक उन्नति, सांस्कृतिक सम्मानको पहिचान आवश्यक छ । हरेक स्थानीय वासिन्दाले यसको पहिचानपछि मात्र यसको संरक्षणमा सक्रियता बढाउने छन् ।’संघले आफ्नो उद्देश्य र योजनाको विस्तृत जानकारी सरोकारवालासँंग बृहत छलफल गरी  दुई सातापछि सार्वजनिक गर्नेभएको छ ।


 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार