नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र 

बुधबार, भदौ १, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपालले एक वर्षमा करिब २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको बाद्ययन्त्र विभिन्न देशबाट आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको बाद्ययन्त्रहरु भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट २० करोड ९७ लाख ६५ हजार रुपैयाँको वाद्ययन्त्रहरु नेपाल भित्रिएको थियो । विभागका अनुसार गत आर्थिक वर्ष १ करोड ३७ लाख ५० हजार रुपैयाँको पियानो नेपालले आयात गरेको थियो । 

सोही समयमा ४ करोड ९५ लाख ३० हजार रुपैयाँको गीतार र ३ करोड ६३ लाख ८४ लाख रुपैयाँको किबोर्ड नेपालले आयात गरेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार