सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रमा पुनर्निर्माण भएका र भइरहेको सम्पदा हेर्न छिट्टै आउने बताएकी छिन् । यसै गरी पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन् । श्रीकृष्णाजन्माष्मीका अवसरमा शुक्रबार अपराह्न पाटन कृष्ण मन्दिर दर्शनका लागि आएकी राष्ट्रपति भण्डारीले पूर्जा अर्चना पछि त्यस्तो बताएकी हुन् । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले राष्ट्र«पतिलाई उद्धृत गर्दै भने, ‘सम्माननीय राष्ट्रपतिज्यूले पाटन दरबार क्षेत्रमा पुनर्निर्माण भएका र भइरहेका सम्पदाको बारेमा जिज्ञासा राख्नुभयो, छिट्टै हेर्न आउँछु भन्नु भएको छ ।’ महानगरप्रमुख महर्जनले आफू राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिए । नगरप्रमुख महर्जनले व्यापारीहरूको आराध्यदेव भीमसेन मन्दिर जनताको आर्थिक सहयोगबाट पुनर्निर्माण भएको राष्ट्रपतिलाई अवगत गराएका थिए । देगु तलेजुको पुनर्निर्माण केही सुस्त भएकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गरेकी थिइन् । नगरप्रमुख महर्जनले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूलाई मैले देगु तलेजुको पुनर्निर्माण ढिलो हुनु र भीमसेन मन्दिर छिटो हुनुको कारण जानकारी गराँए ।’
समारोहमा ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय उपस्थित थिए ।