विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी हुँदा एसियामा मृतकको सङ्ख्या बृद्धि

शनिबार, भदौ ४, २०७९

लण्डन । कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ । तर एसियामा भने मृतकको सङ्ख्या बढेको सङ्गठनको तथ्याङ्कमा देखिइएको छ ।    
गत हप्ता विश्वभरी ५४ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ । अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । युरोप र मध्यपूर्वमा पनि कम देखिएको सङ्गठनले जनाएको छ ।
पश्चिमी प्रशान्त र दक्षिण पूर्वीएसियामा भने मृतकको सङ्ख्यामा वृद्धि भएको छ । ती क्षेत्रमा क्रमश ३१ र १२ प्रतिशतका दरले मृतकको सङ्ख्यामा वृद्धि भएको देखिएको हो ।
विश्वभरी अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनु पर्ने उपाय अपाउन उत्तिकै आवश्यक रहेको डब्लुएचओका अधिकारीले जनाएका छन् ।
उनीहरुले खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, सङ्क्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न सबैलाई अनुरोध गरेका छन् ।  
कोरोना भाइरसको महामारी अन्त्य भइसकेको भन्ने नठान्न पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।-रासस/एपी

 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार