सुनाकोठीमा भीमसेनको भव्य पूजाअर्चना

आकर्षक पर्यटकीय स्थल बन्दै सुनाकोठी
आइतबार, भदौ ५, २०७९

ललितपुर । सुनाकोठीबासीले बालकुमारी चौरसँगै प्रतिस्थापन गरिएको भीमसेन देवताको शनिवार धूमधामसँग पूजाअर्चना गरेका छन् । भीमसेन जात्रासहित उनीहरुले भीमसेन देवताको धुमधाम पूजाअर्चना गरेका हुन् । भीमसेनको मूर्ति पाँच वर्ष अघि प्रतिस्थापन गरिएको थियो ।

299636286_1071015073549696_4112641059222987857_n1661035876.jpg

मच्छेगाउँको खोंचमा भेटिएको एउटै ढुंगाबाट उक्त मूर्ति तयार पारिएको हो । सुनाकोठीका भीमसेन मूर्ति संभवत नेपालकै अग्लो मूर्ति हो । भीमसेन जात्रामा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मंजली शाक्य बज्रचार्य, नेपाली काँग्रेस केन्द्रीय सदस्यहरु मदनबहादुर अमात्य, जीतजंग बस्नेतको उपस्थिति रहेको थियो ।

298432239_802662417433985_3121543130762120724_n1661035852.jpg
सुनाकोठी समाजको सक्रियतामा कलाकार सुदर्शन थापाको टोलीले े१२ फिट अग्लो यो मूर्ति तयार पारेको हो ।  व्यापारीहरुको आराध्यदेव भीमसेन मन्दिरको पूजाअर्चनाका लागि उपत्यकाका तीनै सहरबाट भक्तजनहरु आएका थिए ।  बालकुमारी मन्दिर,  भीमसेन मन्दिर र भृङ्गरेश्वर मन्दिर सुनाकोठीको प्रमुख धार्मिक तीर्थस्थल हुन् ।

298652134_348421070745132_8560628981166663048_n1661035828.jpg

 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार