सेयर बजार ७.२४ अंकले घट्यो 

सोमबार, भदौ ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं,  ।सेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो । नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ । ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो ।कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । साथै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको सेयरमूल्य भने स्थिर छ । 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार