लमजुङमा पशुजन्य उत्पादन बढ्दो

मंगलबार, भदौ ७, २०७९
मयुर प्लाई
Global Ime Bank

लमजुङ ।  जिल्लामा व्यावसायिक पशुपालक किसानको सङ्ख्या बढेसँगै पशुको सङ्ख्या र पशुजन्य उत्पादनमा वृद्धि भएको छ । 

गएको वर्ष जिल्लामा तीन हजार ६६७ मेट्रिक टन गाईको दूध र १२ हजार ४६४ मेट्रिक टन भैँसीको दूध गरी १६ हजार १३१ मेट्रिक टन दूध उत्पादन भएको भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी लमजुङमा गएको वर्ष तीन हजार एक सय ३४ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा लमजुङमा राँगा/भैँसीको मासु एक हजार ३१७, खसीको ९५५, कुखुराको ६ सय ८८, बङ्गुरको दुई सय ३२, भेडाको ९२ दशमलव ५ र माछा ४७ दशमलव ८ गरी तीन हजार १३४ मेट्रिक मासु उत्पादन भएको डा. श्रेष्ठले बताए। 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार