सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

मंगलबार, भदौ ७, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो । २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो । 

तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा  ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ ।१८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्ये स्थिर छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार