अघिल्लो साउनको तुलानामा यो पटक १२ प्रतिशतले घटयो आयात

मंगलबार, भदौ ७, २०७९
मयुर प्लाई
Global Ime Bank

 काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षको साउन महिनाको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो । 

विदेशी संचितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरुमा प्रतिवन्ध लगाउँदा अघिल्लो आर्थिक बर्षको साउन महिनाको तुलनामा चालु आर्थिक बर्षमा साउन महिनामा १२ प्रतिशतले आयात घटेको हो । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो। यसैगरी, निर्यातमा पनि गत वर्षको तुलनामा २८.६८ प्रतिशतले गिरावट आएको छ। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको मात्र वस्तु निर्यात भएको छ।

साउनमा भित्रिए २ सय ११ बिद्युतीय सवारी

साउन महिनामा २ सय ११ वटा मात्रै बिद्युतीय सवारी भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन ।

साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनवाट भित्रिएका छन ।

गत आर्थिक बर्षमा १८ सय भन्दा बढी बिद्युतीय आयात भएको थियो। सरकारले बिद्युतीय सवारीको करमा छुट गरे पछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार