उद्योग वाणिज्य महासंघले बनायो रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति 

आइतबार, वैशाख ५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । अनुशासन समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी रहेका छन् । त्यसैगरी समितिको सदस्यमा महासङ्घका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् ।  समितिको सल्लाहकारमा महासङ्घका पूर्वअध्यक्ष महेशलाल प्रधान रहेका छन् । 
स्टार्टअपसँग आवेदन माग
यस्तै महासङ्घको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजनाअनुसार मेन्टरसीप सहयोगसहित महासङ्घका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आवेदन आह्वान गरेको छ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको छ । समितिले गत चैत ९ मा पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको थियो । आवेदन महासङ्घको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ । महासङ्घको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताको समूहमा रहेका लगानीकर्ताको व्यावसायिक अभिरुचिलाई उद्यमीको व्यवसायसँग मिलान गरी फलदायी सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।  नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायका लागि आवेदन गरिएको हो ।  एक वर्षभन्दा बढी समयअघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनीरूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् ।  आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार