प्रि-ओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि

बिहीबार, भदौ ९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । बिहीबार पि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ । बुधबार २.८६ अंक बढेर २०५७.८४ विन्दुमा बन्द भएको नेप्से बिहीबार सो सेसनमा ०.१७ अंक बढेर २०५८.०१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ ।

बिहीबार प्रि–ओपन सेसनमा २५ स्टकको ३ लाख ७६ हजार ७० रुपैयाँ ६० पैसा बराबरको ५२३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १४ वटा स्टकको मूल्य बढेको छ भने ९ वटाको घटेको छ । र बाँकी १ स्टकको मूल्य स्थिर छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार