डेङ्गुको संक्रमण रोक्न के गर्दै छ स्वास्थ्य कार्यालय ललितपुर ? (भिडियो)

आइतबार, भदौ १२, २०७९

ललितपुर । निरन्तर रुपमा डेंगुका बिरामी फेला पर्न थालेसँगै स्वास्थ्य कार्यालय ललितपुरले लामखुट्टेको वासास्थान नष्ट पार्ने अभियान थालेको छ । ललितपुर महानगरपालिकाले पनि आफ्ना २९ वटै वडामा लामखुट्टेको घर नष्ट पार्ने अभियान थालेको छ । ललितपुर महानगरपालिकाका वडा नं ५ र वडा नं। १५ मा डेङ्गुको संक्रमण बढी देखिएको छ । ललितपुर महानगर र स्वास्थ्य कार्यालयले लामखुट्टे मार्ने अभियान सुरु गरेका हुन् । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार महानगरको अगुवाई र स्वास्थ्य कार्यालयको व्यवस्थापनमा यो अभियान सुरु भएको हो । अभियान आज भोलि सोमबारसम्म जारी रहनेछ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला विपत् समितिको बैठकको निर्णय अनुसार डेंगु रोग सार्ने लामखुट्टे मार्ने अभियान सुरु गरिएको हो ।  शनिबारसम्मको तथ्याङ्क अनुसार ललितपुरमा ८५० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।  निरन्तरको बर्षा र मौसम परिवर्तनसँगै डेंगुका बिरामी बढ्न थालेका हुन् ।  जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा असार ९ गते डेंगुको पहिलो बिरामी भेटिएको थियो । पानी जम्मा हुने स्थानमा सरसफाइमा ध्यान नदिएका कारण डेङ्गुका बिरामी भेटिएका हुन् ।  उनले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका जानकारी दिए । 
उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पु¥याउन आवश्यक भएको कार्यालय प्रमुख डा विष्टको भनाइ थियो ।
स्वास्थ्य कार्यालय ललितपुरले हैजाको जिवाणु फैलना पनि जनचेतना मूलक कार्य गरिरहेको कार्यालय प्रमुख बिष्टले जानकारी दिए । उनका अनुसार ललितपुरमा हैजाका ६ वटा केशहरू देखा परेका थिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार