तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

मंगलबार, भदौ १४, २०७९
मयुर प्लाई
Global Ime Bank

चौतारा । विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेको छ । 

सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३० रोपनी जग्गा भाडामा लिएर कृषि पेशा सुरु गरेको हो । तातोपानी नाका बन्द भएपछि रु एक करोड ५० लाखको लगानीमा कृषि व्यावसाय सुरु गरेका सापकोटाले किवी, आलु, लसुनको खेती तथा उन्नत जातका बाख्रापालन गरेको छ । उनले गत वर्ष मात्र किवीबाट रु पाँच लाख आम्दानी गरेको बताए । सापकोटाले यो वर्ष किवीको मात्रै तीन हजार सात सय बिरुवा लगाएको छ र १० जना जतिलाई रोजगारीसमेत दिएको छ ।

सापकोटाले अबका ‘केही समयमा नै कृषि व्यवसायबाट वार्षिक रु २५ लाख बराबरको आम्दानी गर्ने सोच रहेको बताए । सापकोटाले आफूले मात्रै नभएर गाउँका एक सय घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोड दिएको छ ।अहिले गाउँका एक सय घरपरिवार मिलेर पाँच सय रोपनी जग्गामा सामूहिक आलुखेती गरेका छन् । उक्त सामूहिक खेतीबाट यस वर्ष रु ५० लाखको आलु उत्पादन भएको छ । उनीहरूको यो उदाहरणबाट गाउँका अरु नागरिक पनि यस्तै पेशातर्फ आकर्षित भएका छन् । 

तातोपानीबाट सामान ल्याएर यहाँ र काठमाडौँमा नै व्यापार व्यवसाय गर्ने गरेका यहाँका कैयौँ स्थानीय सो नाका बन्द भएपछि यहाँ कृषि पेशा अपनाउन पनि थालेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार