नेप्से १.०८ अंकले ओरालो

बिहीबार, भदौ १६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं,  ।   सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । बुधवार करिब २२ अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको छ ।बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको सेयर सामान्य घटेको छ । अरू समूहको सेयर सामान्य बढेको छ । यस्तै २२५ वटा कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाख २ हजार १६२ रुपैयाँमा कारोबार भएको छ ।   सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो । राप्ति हाइड्रो र गणपति लघुवित्तको सेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार