राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने

सोमबार, भदौ २०, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी आज भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ । 

बिहान भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरे । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा सम्मान गारत अर्पण गरेका हुन् ।

202209051027-3398ae65-0396-4925-8541-21ce40d7608a_medium1662354197.JPG
 
सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेको थियो । प्रधानसेनापति शर्मा र उनीबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

20220905092801_008A85401662354261.JPG

नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आएका हुन् । उनी प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार