सोसल मिडिया
Contact Us
युनिकोड
गोटीखेल(ललितपुर) । महाङ्काल गाउपालिका वडा नं ३ गोटीखेलले भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका वडावासीलाई राष्ट्रिय भूमि आयोगले तय गरेको ढाँचामा निवेदन दिन आह्वान गरेको छ । वडा नं ३ का वडा अध्यक्ष मनोजकुमार पराजुलीले जारी गरेको सूचनामा भदौ १५ देखि २३ गते भित्र आयोगले तोकेको ढाँचामा निवेदन फारम गर्न आह्वान गरिएको छ ।
सूचनामा भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ को दफा ८ बमोजिमको म्याद भित्र निवेदन फारम भर्न भनिएको छ ।