भूमिहिनलाई निवेदन दिन वडाकार्यालय चन्दनपुरको आह्वान 

सोमबार, भदौ २०, २०७९

गोटीखेल(ललितपुर) । महाङ्काल गाउँपालिका वडा नं ५ चन्दनपुरले भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका वडावासीलाई राष्ट्रिय भूमि आयोगले तय गरेको ढाँचामा निवेदन दिन आह्वान गरेको छ ।  वडा नं ५ का वडाअध्यक्ष भूमिनन्द घिमिरेले जारी गरेको सूचनामा भदौ २० देखि २६ गते भित्र आयोगले तोकेको ढाँचामा निवेदन फारम गर्न आह्वान गरिएको छ । 
राष्ट्रिय भूमि आयोगले भूमिहिन, दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रयोजनका लागि राष्ट्रिय भूमि आयोगले प्रथम पटक प्रकाशित मति २०७९÷५÷१ गते स्थानीय तहको लागि ३५ दिने सूचना प्रकाशित गरिएकोमा सोही अनुसार महाङकाल  गाउँपालिका वडा नं ५ चन्दनपुरमा रहेका भूमिहिन, दलित, भूमिहिन सुकुम्बासी र अव्यबस्थित बसोबासीले जग्गा पाउन वडा कार्यालयमा स्वयम् उपस्थित भएर आयोगले तोकेको ढाँचामामा निवेदन दिन वडा कार्यालयले भनेको छ । 
सूचनामा यो विषयमा थप जानकारीका लागि राष्ट्रिय भूमि आयोगको वेवसाइट www.nlc.gov.np मार्फत हेर्न सकिने पनि जनाइएको छ । निवेदन फारम वडा कार्यालयबाट प्राप्त गर्न सकिने पनि सूचनामा भनिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार