सोसल मिडिया
Contact Us
युनिकोड
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी राखिने भएको छ । सनराइज बैंक शाखा ताप्लेजुङले पाथीभरा क्षेत्र प्रयोग गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिलाई आवश्यक सामग्री उपलब्ध गराएसँगै सो क्षेत्रमा पोर्टेबल शौचालय र डिजिटल घडी हुने भएको हो ।
बैंकले तीन थान पोर्टेबल शौचालय र एकथान डिजिटल घडी प्रदान गरेको छ । बैंकका डेपुटी जनरल म्यानेजर रवीनकुमार नेपालले समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्री उपलब्ध गराएको छ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष थेबेले पाथीभरा क्षेत्रमा तीर्थालुलाई सहयोग पुग्नेगरी सामग्री दिएर सनराइज बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए ।
सनराइज बैंकका १ नं प्रदेश प्रमुख विवेक निरौलाले पाथीभरा क्षेत्रमा तीर्थालुका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । बैंकले समाजका आधारभूत आवश्यकतालाई क्रमैसँग पूरा गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको उनले बताए ।
सनराइज बैंकले केही समयअघि मात्र विपद् र सामाजिक कार्यमा प्रयोग हुने २० थान ठूलो खालको त्रिपाल जिल्ला समन्वय समितिलाई हस्तान्तरण सनराइज बैंकका फुङ्लिङ शाखा प्रबन्धक अनिल श्रेष्ठले जानकारी दिए । रासस